राजसंस्थालाई पाखा लगाएदेखि देश संकटमा छ :अध्यक्ष थापा

१४ पुष, २०८१, आइतवार
सारांश
  • राजसंस्थालाई पाखा लगाएदेखि देश संकटै संकटमा अगाडि बढिरहेको बताए ।

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले  नेपालमा राजसंस्थाको औंचित्य र महत्वलाई गलत भाष्य तयार गरेर बदनाम गर्न खोजिएको आरोप लगाएका छन् । 


राप्रपा नेपालले आयोजना गरेको श्री ५ वीरेन्द्र बहुआयामिक व्यक्तित्व विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले षडयन्त्रपूर्वक गलत भाष्य तयार गरेर नेपालमा राजसंस्थालाई पाखा लगाइएको बताएका हुन् ।


उनले  भने, ‘नेपालमा राजसंस्थाको औंचित्य र महत्वलाई गलत भाष्य तयार गरेर बदनाम गर्न खोजिएको छ । षडयन्त्रपूर्वक गलत भाष्य तयार गरेर नेपालमा राजसंस्थालाई पाखा लगाइयो । बाह्य शक्तिको चलखेल र प्रभाव तिव्र रुपले बढेर गएको छ ।’ 


साथै  उनले  राजसंस्थालाई पाखा लगाएदेखि देश संकटै संकटमा अगाडि बढिरहेको बताए । उनले देशले आर्थिक संकट, बेरोजगारी र भ्रष्टाचारमा देश डुबिरहेको बताए ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार